संसद पुर्नस्थापना भए पनि केपी ओली नै प्रधानमन्त्री बन्छन् : कमल थापा

संसद पुर्नस्थापना भए पनि केपी ओली नै प्रधानमन्त्री बन्छन् : कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद पुर्नस्थापना भए पनि फेरी केपी ओली नै प्रधानमन्त्री हुने दावी गरेका छन् । अदालतले संसद पुर्नस्थापना गरेपनि ओली नै प्रधानमन्त्री बन्ने भन्दै उनले निर्वाचनको विकल्प नरहेको बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले संसद पुर्नस्थापना भए पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने दावी गरेका छन्।

‘ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्। चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुर्नस्थापना भएमा पुनः ओली नै प्रम हुन्छन्। यो भविष्यवाणी होईन, संसदीय गणितले त्यही भन्छ।’ थापाले भनेका छन् ।