प्रधानमन्त्रीले जसपासंग समीकरण बनाउंदा महतोको अस्वीकार्य विचार अनुमोदन भएको हो :कमल थापा

प्रधानमन्त्रीले जसपासंग समीकरण बनाउंदा महतोको अस्वीकार्य विचार अनुमोदन भएको हो :कमल थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गरेका छन् । उपप्रधानमन्त्रीको शपथ र कार्यभार लिएलगत्तै राजपा नेता महतोले आफू ‘राष्ट्रिय मुक्ति’ का लागि कार्यरत रहने र मुलुकको कुनै भूभागको आत्मनिर्णयको अधिकारसहितको स्वायत्तताको कुरा उठाएका थिए ।

थापाले ट्विटरमा लेखेका छन् ‘२०७२ को आर्थिक नाकाबन्दीका समयमा सार्वभौम नेपालको अधिकारको पक्षमा स्पष्ट रुपमा उभिए वापत त्यसपछिको आम निर्वाचनमा बहुमतसंगै आम नेपालीको आदर कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासंग राजनीतिक समीकरण बनाउंदा महतोका उग्र र अस्वीकार्य विचारलाई अनुमोदन गरेका हुन ?’

महतोले शुक्रवार र शनिवार ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको छ ।