काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरू ब्याएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेपछि अध्यक्ष थापाले ट्वीटमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘सर्वोच्च अदालतमा आज गोरू ब्यायो’ । राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा,’ उनले भनेका छन् ।
सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो ।




प्रतिक्रिया