काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउन खोजेकोमा आपत्ति जनाएका छन् ।
अध्यक्ष थापाले पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले तयार पारेको प्रतिवेदनमा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने विषय उल्लेख गरेको भन्दै आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलले तयार पारेको सरकारको प्रस्तावित साझा न्यूनतम कार्यक्रममा स्थानीय तहलाई प्रदेश सरकार मातहत ल्याउने कुरा आपत्तिजनक रहेको थापाले बताएका छन् । उनले सुदृढ स्थानीय तह नै स्वायत्त शासन र प्रजातन्त्रको मेरुदण्ड रहेको पनि बताएका छन् ।
अध्यक्ष थापाले राष्ट्रका लागि बोझ बनेको अनावश्यक ‘प्रदेश तह’ खारेज गरी स्थानीय तहलाई अझ बढी साधनस्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता रहेको बताए ।
‘सत्तारुढ दलको प्रस्तावित साझा न्यूनतम् कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय समावेश हुनु गलत र आपत्तिजनक छ’, उनले भनेका छन्, ‘वास्तवमा राष्ट्रका लागि बोझ बनेको अनावश्यक ‘प्रदेश तह’ खारेज गरी स्थानीय तहलाई अझ बढी साधनस्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकता हो ।’




प्रतिक्रिया