राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाण्डुमा विशेष कार्यक्रम आयोजना गरी थापाले पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले घोषणा कार्यक्रममा राप्रपाका पुराना नेताहरू लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा, कृष्णचरण श्रेष्ठ, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ जस्ता नेताहरुको नाम स्मरण गरेका थिए । उनले अबको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने बताए । जीवनको अन्तिम समयसम्म पनि एकढिक्का राप्रपाका लागि आफू लागिरहने र गर्नुपर्ने धेरै र अधुरा काम छाडेर आफू पलायन नहुने उनले घोषणा गरे ।