काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गराएका छन् । बुधबारदेखि जारी पार्टीको महाधिवेशनमा थापाले आज अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दा आगामी दिनमा पार्टी एकजुट भएर अगाडि बढ्ने दावी गरेका थिए ।
थापा पक्षले उपाध्यक्षमा र महामन्त्री पदमा पनि उम्मेदवारी दर्ता गराएको छ । राप्रपा अध्यक्षमा उम्मेद्वारी दिन एक लाख ‘दर्खास्त दस्तुर’ तिनुपर्ने हुन्छ । उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन १५ हजार दस्तुर बुझाउनुपर्ने नियम राप्रपाले बनाएको छ । महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ ।




प्रतिक्रिया