राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्किँदैन : कमल थापा 

राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्किँदैन : कमल थापा 


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाह माथीको आक्रोश हालसम्म पनि देखाई रहेका छन् । पार्टीको महाधिवेशन अन्तर्गत अध्यक्ष पदमा पराजित भएका थापाले आइतबार पनि सामाजिक सञ्जालमार्फत पूर्वराजा शाहमाथी आक्रोश पोखेका हुन् ।

उनले आज एक ट्वीटमार्फत दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था नफर्किने दावी गरेका हुन् । उनले भने, ‘राजनीतिक दल र आम जनताको विश्वास नै राजसंस्था पुनर्स्थापनाको एकमात्र बाटो हो । विदेशी गुहारेर ,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन। सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’