काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् । आज नवदुर्गा प्यालेस सुकेधारामा बोलाइएको बैठकमा नयाँ दल दर्तालगायत विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
उक्त बैठकमा नेता थापाले केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका छन् । केही समय अगाडि भएको राप्रपाको केन्द्रीय महाधिवेशनमा अध्यक्षका प्रत्यासी थापा पराजित भएका थिए ।




प्रतिक्रिया