काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा चयन गरेका छन् । अध्यक्ष थापाले बुधबार १६ जनालाई पदाधिकारीमा नियुक्त गरेका हुन् ।
राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् । प्रवक्ता सुरेश आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् ।
यसैगरी सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको प्रवक्ता आचार्यले जानकारी दिए । मनोनीतमध्ये अधिकांश राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाका नेता छन् । अध्यक्ष थापाले फागुन १५ मा पनि ६ जनालाई पदाधिकारीमा चयन गरेका थिए ।





प्रतिक्रिया