अध्यक्षमा पराजित भएपछि कमल थापाले लगाए पूर्व राजामाथी यस्तो आरोप

अध्यक्षमा पराजित भएपछि कमल थापाले लगाए पूर्व राजामाथी यस्तो आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउंदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । उनले पराजयलाई सहर्ष स्विकार गर्ने भन्दै विजयी लिङ्देनलाई बधाई समेत दिएका छन् । लिङ्देन झापाबाट प्रतिनिधीसभाका सदस्य समेत छन् ।

निर्वाचनमा पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पुर्वराजा ज्ञानेन्द्र शाहकोे नाङ्गो हस्तक्षेप भएको आरोप समेत लगाएका छन् ।

थापाले टिव्ट गर्दै भनेका छन् ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिंडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

थापाले राजा ज्ञानेन्द्रलाई मेन्सन गरेर बधाई दिंदै भनेका छन् ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु । ’