काठमाडौं – प्रदेश ३ को नामकरण र राजधानी तोकिएको विषयमा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाबीच पक्ष र विपक्षमा वैचारिक द्वन्द्व प्रकट भएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले आइतबार एक ट्वीट गर्दै प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम भएकोमा मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख प्रतिपक्षी नेता ईन्द्र बानियाँलाई बधाई दिएका छन् ।
थापाले प्रदेश ३ को नाम र राजधानी सर्वदलीय सहमतिको आधारमा निर्णय गरेको भन्दै सर्वदलीय सहमतिकै आधारमा अन्य बाँकी प्रदेशको पनि नाम र राजधानी कायम गर्नुपर्ने उनले बताएका छन् ।
अध्यक्ष थापााको भनाइलाई लिएर बाबुराम भट्टराईले सोमबार ट्वीटरमा जवाफ दिँदै नाम र राजधानी सर्वदलीय नभई एकजातिय सहमति भन्नु उपयुक्त हुने बताएका छन् । बाबुरामले लेखेका छन्, ‘पौडेल, बानियाँ, थापाहरूको सहमतिलाई सर्वदलीय हैन एकल जातीय सहमति भन्दा उपयुक्त होला ।’
‘नयाँ संविधानले समेत बहुजातीय भनेर स्वीकारीसकेको देशलाई एकलजातीय बनाउने हठले देशलाई दीर्घकालीन द्वन्द्वमा फसाउन सक्छ । फेरि पनि तपाईंको पश्चगामी विचारको क्षणिक जीतमा बधाई छ,’ बाबुरामले लेखेका छन् । बाबुरामको उक्त भनाईलाई थापाले हाँसेर उडाउँदै लेखेका छन्, ‘हाहाहा !! बाबुराम भट्टराई हसाउँनु हुन्छ ।’




प्रतिक्रिया