काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राजालाई गाली गरेर राज गर्ने जमाना नरहेको बताएका छन् ।
प्रधानमन्त्री शेबहादुर देउवाले आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुलुकमा शासन गर्न मन लागे चूनाव लडेर आउन चूनौती दिएका थिए । देउवाको चुनौतीको जवाफ फर्काउँदै थापाले राजाको मानमर्दन गरेर राज गर्ने जमाना नरहेको सकिएको बताएका हुन् ।
देशमा अनगिन्ती समस्या भएर संघीय गणतन्त्र नै धरापमा परेको भन्दै पूर्वराजा विरुद्ध आक्रोश हैन मुलुकमा सुशासन कायम गर्न उनले आग्रह समेत गरेका छन् । ‘न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्म परिवर्तन व्यापक भएको छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।




प्रतिक्रिया