काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालतर्फ व्यंग्य गर्दै को जित्यो को हार्यो शिर्षक राख्दै लघुकथा लेखेका छन् । राप्रपाका अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रमलाई इंगित गर्दै टिव्टरमा लघु कथा लेखेका हुन् ।
उनले लेखेका छन ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरू असन्तुष्ट भएछन्। ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि ’पंच भलादमी’ समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ’जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन् ।’




प्रतिक्रिया