काठमाडौं – चीनमा टेनिस खेल्न गएका राप्रपा अध्यक्ष कमल थापाले घाइते भएका छन् । चीनको सेन्जेन शहरमा शुक्रबार सुरु भएको आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको दोस्रो खेलमा शनिबार थापा घाइते भएका हुन् ।
पिंडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि थापाले खेल छोडिदिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




प्रतिक्रिया