काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सप्ताहव्यापी चीन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।
आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेन्जेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन यही कात्तिक ८ गते चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै अस्वस्थताका कारण खेल छाडेका थिए ।
अध्यक्ष थापालाई खुट्टाको पिँडौला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेकामा अहिले स्वास्थ सामान्य रहेको पार्टीले जनाएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नेता कार्यकर्ताले अध्यक्ष थापालाई स्वागत गरेका थिए ।
यसैबीच राप्रपा (संयुक्त)का अध्यक्ष पशुपतिशम्शेर जबरासमेत आज स्वदेश फिर्ता भएका नेता राजाराम श्रेष्ठले जानकारी दिए । गत असोज १८ गते निजी भ्रमणमा बेलायत गएका राणालाई विमानस्थलमा नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।




प्रतिक्रिया