राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समितिको बैठक कमल थापाद्वारा बहिस्कार

राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समितिको बैठक कमल थापाद्वारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समितिको बैठक कमल थापाले बहिस्कार गरेका छन् ।

अध्यक्ष लिङ्देनले आज दिउँसो साढे १२ बजेका लागि बोलाएको केन्द्रीय समितिको बैठकमा सहभागी नहुने थापाले जवाफ पठाएको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । आफूलाई अध्यक्षमा पराजित गर्न निर्मल निवासले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आएका थापाले निष्पक्ष छानबिन हुनुपर्ने अडान लिँदै आएका छन् ।

सुकेधारास्थित एक पार्टी प्यालेसमा पार्टीमा निर्वाचित भएका आफू निकटका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा थापाले आफू बैठकमा सहभागी नहुने जानकारी गराएका हुन् ।

उनले पार्टीको चुनावमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको र त्यसबारे पार्टीले छानबिन गर्नुपर्ने बताउँदै आएका छन् । आजको बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने सहभागी हुनेछन् ।