भुटानलाई हराउँदै कमल थापा सेमिफाइनलमा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा भुटानका लुडे जामत्सोलाई हराउँदै भुटान–भारत मैत्री टेनिस प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेका छन् ।

भुटानमा जारी प्रतियोगितामा भुटानका लुडे जामत्सोलाई ६–२, ६–३ को सेटमा पराजित गर्दै थापा सेमी फाइनल प्रवेश गरेका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका राजनीतिका चर्चित खेलाडी थापा टेनिसका चर्चित खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement