कमला नदीकाे किनारमा बम भेटियो


सिराहा । सिरहाको कर्जनाहा–३ स्थित कमला नदीको बगरमा प्रेसर कुकर बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् ।

नदी किनारामा फेला परेको प्रेसर कुकर बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ ।

बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement