काठमाण्डु– काठमाडौं महानगरपालिकाको कार्यालय नजिकै कमलादीमा भासिएको सडक सञ्चालनमा आएको छ । ४ महिना पछि सडकमा बक्स कल्भर्ट निर्माण गरी आजबाट सञ्चालनमा ल्याइएको हो ।
गत साउन २५ गते भासिएको सडक कार्तिक देखिमात्र पुनः निमार्ण सुरु गरिएको थियो । यो सडक अब एकतर्फी नै रहने भएको छ ।
दरबारमार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।




प्रतिक्रिया