पक्राउ पूर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

पक्राउ पूर्जी जारी भएपछि शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ पुर्जी जारी भएपछि कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी फरार भएका छन् ।

रूपन्देही जिल्ला अदालतले चौधरीविरुद्ध जेठ १ गते पक्राउ पुर्जी जारी गरेपछि उनी फरार भएका हुन् ।

चौधरीमाथि स्थानीय पालिकाकै बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार अध्यक्ष चौधरीको खोजी भइरहेको छ ।