तालिबान समूहका कमान्डरसहित ६ लडाकूको मृत्यु


एजेन्सी – अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डरसहित ६ जना लडाकूको मृत्यु भएको छ ।

अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ । मन्त्रालयले दुवै पक्षबीच भिषण गोली हानाहान भएको जनाएको छ ।

बाल्खमा सक्रिय तालिबान कमान्डर मुल्लाह शेडर मारिएको मन्त्रालयले दाबी गरेको छ । कारबाहीमा मोहम्मद सरवार नामका लडाकू पनि पक्राउ परेका छन् । सुरक्षाफौजले केही गाउँलाई तालिबानको कब्जाबाट मुक्त गरेको छ ।

बाल्खमा मुल्लाहको नेतृत्वमा तालिबान समूह निरन्तर बम बिस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाई छ ।

अफगानिस्तानमा तुलनात्मक रुपमा केही शान्त मानिएको बाल्खमा पछिल्ला केही वर्षमा तालिबानले आक्रामक कारबाही थालेको थियो । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन । रासस

प्रतिक्रिया दिनुहोस
Advertisement