नेता कञ्चन क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट निष्कासित

नेता कञ्चन क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेताहरूलाई निष्कासन गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिका संयोजक किरणले शनिबार विज्ञप्ति जारी गर्दै कञ्चन लगायतका नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको जनाएका छन् ।

विज्ञप्तिमा साउन ९ र १० गते बसेको केन्द्रीय कार्यालयको बैठकले निष्कासनको निर्णय गरेको जनाइएको छ ।

पार्टी एकताको महत्त्व तथा गरिमामाथि गम्भीर आघात पुर्‍याउन खोजेको, पार्टी अनुशासन तथा सांगठनिक पद्धतिविरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको, एकता महाधिवेशनमा चल्ने विचाराधारात्मक तथा राजनीतिक बहस तथा विमर्शको सामना गर्न नसकी पलायनको बाटो रोजेको र दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अबलम्बन गरेकाले महाधिवेशन आयोजक समिति अर्थात केन्द्रीय संगठन समितिसहित पार्टीका सबै जिम्मेवारीहरूबाट निष्कासन गरिएको विज्ञप्तिमा जनाइएको छ ।