काठमाण्डु – नेकपा एकीकृत समाजवादी सुदुरपश्चिमका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार कञ्चनपुरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष कपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, पूर्वअर्थमन्त्री तारा लामा तामाङ, पोलिट ब्यूरो सदस्य एवम् समाजवादीका प्रदेश अध्यक्ष बिक्रम शाही, कञ्चनपुर वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्दलगायत रहेका छन् ।
उनीहरुसँगै माओवादी केन्द्रका प्रभावशाली नेता मोहन गिरी,कल्पना गिरीसहित केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। अध्यक्ष माधव नेपालले निर्णय गरेरै पार्टी नेकपा माओवादी केन्द्रमा बिलय गराउने नीति लिएपछि कञ्चनपुरमा बिगतमा माधवतिर लागेका सवैजसो नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन् । गिरी यसअघि माओवादी केन्द्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर कांग्रेस नेता रमेश लेखकसंग पराजित भएका थिए ।
दुई दशक भन्दा लामो समय देखि राष्ट्रिय जनमोर्चामा रहेका कञ्चनपुरका युवा नेता अभिमान थापा समेत एमालेमा प्रवेश गरेका छन् । थापाले स्थानीय चुनावका बेला जनमोर्चा परित्याग गरेका थिए ।




प्रतिक्रिया