महेन्द्रनगर – भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित कञ्चनपुरको बल्ड बैंकलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
सोमबार भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले रेडक्रस सोसाइटी कञ्चनपुरका सभापति टेकराज उप्रेतीलाई ३ लाखको चेक हस्तान्तरण गरेका छन् । नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने उदेश्यका साथ गत आर्थिक वर्षदेखि रेडक्रसको उक्त रक्त सञ्चार सेवा केन्द्रलाई सहयोग गर्दै आएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए ।
नगरपालिकाले ‘नगरवासीलाई निःशुल्क रूपमा रगत उपलब्ध गराउन गत आर्थिक वर्षदेखि आर्थिक सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘गत वर्ष पनि ३ लाख सहयोग गरिएको थियो, यस वर्ष पनि ३ लाख सहयोग गरेका छौं ।’ अब कुनै पनि नगरवासीले आर्थिक अभावमा रगत अभावको समस्या भोग्नु नपर्ने नगर प्रमुख विष्टको भनाई छ ।




प्रतिक्रिया