चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु, दुई घाइते

चट्याङ लागेर कञ्चनपुरमा एक जनाको मृत्यु, दुई घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।

उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन । घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।