कञ्चनपुरकी महिला दिल्लीबाट ७ वर्षिय छोरा र दुईलाख भारुसहित बेपत्ता,श्रीमान्द्धारा खोजी गरिदिन आग्रह


काठमाण्डु – दिल्लीमा एक महिला आफ्नो ७ वर्षको छोरासहित बेपत्ता भएकी छन् । मंसिर २९ गतेदेखि उनी घर र श्रीमान्को सम्पर्कमा नआएपछि खोजिका लागि आफ्न्तले माावअधिकारकर्मी,पत्रकार तथा प्रहरीलाई अनुरोध गरेका छन् ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नं. १ निवासि गंगादेवि थापा भारतको नयाँ दिल्लीस्थित तिलकनगरबाट एक नाबालक छोरा र दुई लाख भारुसहित बेपत्ता भएकी उनका श्रीमान् डबल बहादुर थापाले बताए ।

आफू बैँगलोर गएको मौका पारि कञ्चनपुर जिल्ला चन्नरी जोशी नाम भएको व्यक्तिले आफ्नो नाबलक छाेरा,गरगहना,दुईलाख भारु रुपियाँसहित वेपत्ता गरेको श्रीमान् जगत थापा उर्फ डबल थापाले बताए ।

त्यस्तै उनले पौष १ गते धनगडि चौराहामा आफन्तले देखेका हुँदा तिनिहरु नेपाल आइसकेको हुन सक्ने हुँदा चिन्ने आफ्न्त दाजूभाइले नजिकैको प्रहरीलाई खबर गरिदिन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement