कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत अवस्थामा भेटिए

कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत अवस्थामा भेटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कञ्चनपुरको प्रसिद्ध धार्मिकस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत फेला परेका छन् ।

वेदकोट नगरपालिका—४ मा पर्ने शिव लिङ्गेश्वर धाममा चार वर्षदेखी बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा आज बिहान फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले काठमाण्डुपाटीलाई बताए ।

‘७५ वर्षीय बाबा किसन नाथ आज बिहान मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा अनुसन्धान भइसकेको छ । शव पोष्टमार्टमको लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी गरेका छौं । तत्काल मृत्युको कारणबारे अहिले नै भन्न सकिने अवस्था छैन्,’ उनले भने

उपरीक्षक न्यौपानेका अनुसार बाबा नाथको पोस्ट मार्टम रिर्पोटपछि मृत्युको कारणबारे जानकारी हुनेछ । स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।