कञ्चनपुरमा नेकपाका तीन नेता कुटिए

कञ्चनपुरमा नेकपाका तीन नेता कुटिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा नेकपाका तिन नेता कुटिएका छन् ।

जिल्लाको कृष्णपुर नगरपालिका–३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामीमाथि कुटपिट गरिएको हो । नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरु माथी घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट गरेको नेकपाले जनाएको छ ।

नेकपाका युवा नेता अर्जुन साउँदले पूर्व प्रधान पञ्चसमेत रहेका कांग्रेसका स्थानीय नेता विष्ट सहित मनोज विष्ट, मुकेश मल्ल सहितको समुहले शनिबार राती एकाएक आएर जोशीको घरमा प्रवेश गरी उनकी श्रीमती राजमतीलाई समेत कुटपिट गरेको जानकारी दिए ।

घाईते भएकाहरुलाई उपचारका लागि गएराती नै महाकाली अञ्चल अस्पताल लगिएको भएपनि उनीहरुलाई अन्यत्र रेफर गरिएको छ । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना सम्बन्धी जानकारी प्राप्त नभएको जनाएको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।