निर्वाचनमा पराजितलाई मनोनित गर्न खोज्दा प्रतिनिधी छनौटमा बिवाद

निर्वाचनमा पराजितलाई मनोनित गर्न खोज्दा प्रतिनिधी छनौटमा बिवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा बिवाद देखिएको छ । एमालेमा कंचनपुरका तीन वटा क्षेत्रमध्ये दुईमा सहमती भएको थियो भने क्षेत्र नम्बर १ मा निर्वाचन भएको थियो । निर्वाचनमा पराजित उम्मेदवारलाई मनोनियत गरेपछि बिवाद सुरु भएको हो ।

एमालेको सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले निर्वाचनमा पराजित उम्मेदवार चित्रा चौधरीलाई मनोनितका लागी सिफारीस गरेका थिए । एमाले संगठन विभाग प्रमुख विष्णु पौडेलले उक्त निर्णय बिधानले नमिल्ने भन्दै सूची सच्याउन निर्देशन दिएपछि थापाले त्यसमा आफुले हस्ताक्षर नगर्ने अडान लिएका छन् । उनले हस्ताक्षर नगरेपनि आइतबार प्रदेश इन्चार्ज लेखराज भट्टले प्रतिनिधीहरुको नामावलीमा हस्ताक्षर गरेपछि थापा असन्तुष्ट बनेको बताइन्छ ।

चौधरी महिला कोटामा उम्मेदावर बनेकी थिईन । तर, उनि पुर्व विद्यार्थी नेतृ कमला बोहरासंग निर्वाचनमा पराजित भएकी थिईन । बोहराले ९ सय २६ मत ल्याएकी थिइन भने चौधरी ७ सय २३ मत ल्याएकी थिईन । थापालाई पार्टी नेतृत्वले चौधरी समुहबाट अरुको नाम सिफारीस गर्न सुझाव दिएपनि उनले कुनै पनि हालतमा चित्रालाई प्रतिनिधी बनाउनुपर्ने अडान लिएको स्रोतको दावी छ ।

निर्वाचनमा पराजितलाई मनोनित गर्ने निर्णयको विरुद्धमा त्यही क्षेत्रबाट उम्मेदवारी दिएर पछि फिर्ता लिएकी एमाले नेतृ शुसिला खत्रीले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव विष्णु पौडेलकोमा लिखित उजुरी दिएकी छन् ।