काठमाडौं – नेकपाका स्थायी समिती सदस्य लेखराज भट्टले कलुवापुर बेलौरी सडक खण्डलाई हुलाकी सडक परियोजना अन्तर्गत राख्न माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका नेता भट्टलगायतको टोलिले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठलाई भेटेर उक्त माग गरेका हुन् । मन्त्री महासेठले उक्त मागलाई सम्बोधन गर्दै तत्काल काम प्रक्रियागत रुपमा अगाडि बढाउने बिश्वास व्यक्त गरे ।
चार दशक देखि उक्त सडक खण्ड अलपत्र अवस्थामा रहेपछि कंचनपुर नेकपाका युवा नेता ओमविक्रम भाट र पल्लवराज भट्टलगायतको टोलीले पुर्व मन्त्री भट्टलाई पहल गरिदिन आग्रह गरेका थिए । पछिल्लो समयमा ठेकेदारको लापर्वाहीका कारण उक्त सडक खण्डको काम अलपत्र परेको हो । पुर्वमन्त्री भट्टले उक्त सडक खण्डलाई हुलाकी परियोजना अन्तर्गत राखिनुपर्ने माग समेत गरेका छन् ।
पुर्वमन्त्री भट्टले पेश गरेको मागपत्रमा डोकेबजार–बेलौरी–बेल्डाडी–दैजी सडकखण्डको बेलौरी बजार क्षेत्र पानी जम्ने क्षेत्र भएकोले करिव ३५० मीटर सडकखण्डमा पुर्ण आर.सि.सी. ढलान गरी दुबैतिर पक्की नाली निर्माण गर्न पनि आग्रह गरिएको छ ।
कंचनपुर क्षेत्र नम्बर १ बाट खानेपानीमन्त्री विना मगर निर्वाचित छन् । पुर्व मन्त्री भट्ट भने कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।
कंचनपुर नेकपाका नेता पल्लवराज भट्टले निर्वाचित जनप्रतिनिधीले उक्त सड्कखण्डको बारेमा चिन्ता र चांसो नदिएकाले त्यस क्षेत्रका जनतामा नैराश्यता छाएको बताए ।
प्रतिनिधि सभा सदस्य लेखराज भट्टद्धारा हस्ताक्षरित मागपत्रमा के के उल्लेख छ ?







प्रतिक्रिया