कञ्चनपुरमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

कञ्चनपुरमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा सत्तारूढ गठबन्धनका दलहरुले आगामी स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आज बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका हुन् ।

‘तालमेलबारे सामान्य छलफल भएको छ’, नेकपा माओवादी केन्द्रका जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भने, ‘सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पुर्‍याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।’

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा आज बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।