कञ्चनपुरका सिडिओ र एसपी तान्न गृह मन्त्रालयमा आकस्मिक बैठक, उच्चस्तरीय छानबिन समिति गठन हुँदै

कञ्चनपुरका सिडिओ र एसपी तान्न गृह मन्त्रालयमा आकस्मिक बैठक, उच्चस्तरीय छानबिन समिति गठन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको निस्पक्ष छानबिनको माग गर्दै आन्दोलन चर्किरहेका बेला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई केन्द्रमा तान्ने तयारी भएको छ।

घटनालाई गम्भीरतापूर्वक नलिएको र छानबिनमा प्रयाप्त चाँसो नदेखाएको भन्दै गृहमन्त्रालयले सिडिओ कुमार खड्का र एसपी दिल्लीराज विष्टलाई तान्न लागेको हो।

उनीहरूलाई सरुवाको माग समेत भइरहेका बेला अहिले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, आइजीपी सर्वेन्द्र खनालबीच गृहमन्त्रालयमा छलफल भइरहेको छ। यसैगरी, गृहले उक्त घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति पनि गठन गर्दैछ। नेपाल प्रहरीले उक्त घटनाको छानबिन एवं समन्वयका लागि बिहीबार मात्र प्रदेश ७ का एसएसपी विक्रम चन्दलाई कञ्चनपुर पठाइसकेको छ।