कंचनपुर – नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । विष्टले निवर्तमान जिल्ला बीरबहादुर थापालाई ९८ मतले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।अध्यक्षका उम्मेदवार थापाले १ सय ८३ मत पाए भने विष्टले २ सय ८१ मत ल्याए । पदाधिकारीमा विष्टको प्यानल नै विजयी भएको छ ।
उपाध्यक्ष लक्ष्मी बुढा २ सय ५४ मत ल्याउंदै निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी महेश पन्तले २ सय ५ मत पाए । यसैगरी सचिवमा पल्बराज भट्ट विजयी भएका छन् । वेतकोट नगरपालिकाका मेयर समेत रहेका उनका प्रतिस्पर्धी अशोककुमार चन्दले २ सय २६ मत ल्याए भने भट्टले २ सय ३३ मत पाए । चन्द ७ मतले सचिवमा पराजित भएका छन् ।
त्यसैगरी उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द निर्वाचित भएका छन् । चन्दले ३ सय ४७ मत पाए भने तमाङले २ सय ९६ मत ल्याए ।
अध्यक्षमा पराजित थापा माओवादी पृष्ठभुमिका हुन । उनि नेकपाको समेत अध्यक्ष थिए । एमाले कंचनपुरमा सहमतिमा नेतृत्व चयन गर्न अन्तिम समयसम्म प्रयास भएको थियो । अध्यक्ष थापालाई छोड्न विष्ट तयार भएपनि अन्य पदाधिकारीमा सहमति नभएपछि निर्वाचन भएको हो ।




प्रतिक्रिया