भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री कंगना


एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको बताएकी छन् । उनले आफुले सबैभन्दा बढी कर तिर्नुपर्ने भएपछि पछिल्लो समय कर तिर्न नसकेको दुखेसो समेत पोखेकी छिन् ।

इन्स्टाग्राममा कंगनाले लेखेकी छन, ‘म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरु ठप्प भएका कारण गत वर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ ।’

उनले सरकारको यो कदमलाई समेत स्वागत गरेको बताएकी छन् । ‘कर तिर्न म ढिला भइसकेँ, तर सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु,’ उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement