काठमाण्डु-लोकतान्त्रिक गणतन्त्र कंगोका झण्डै दश लाख मानिस विस्थापित भएका छन् । गएको अप्रिलमा कंगोको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले यस वर्ष त्यहाँ दश लाख मानिस आफ्नो घरबाट विस्थापित भएका बताएका छन् ।
संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई मध्यअफ्रिकी देशमा बढ्दो हिंसा, शोषणकारी नियम र कानूनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको उनले जानकारी दिएका छन् ।
कंगोमा मानव अधिकार उल्लङ्घनका पीडितहरूको सङ्ख्या बढ्दै गएको छ । जसमध्ये ८५ प्रतिशत दुव्र्यवहार, द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको प्रमुख टर्कको भनाइ छ ।
राष्ट्रसङ्घले कंगोमा बढ्दो अपहरण, बन्दी बनाउने, यौन दासत्व र बलात्कारपछि हत्या जस्ता घटनाका कारण मानिसहरु विस्तापित हुन बाध्य भएको जनाएको छ ।




प्रतिक्रिया