चर्चित कन्हैया कुमारलाई गिरिराजले पछि पारे


एजेन्सी – भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहिबार बिहानदेखि सुरु भएको छ ।

मतगणनाको सुरुवाती परिणाम अनुसार बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

भारतमा मात्रै नभई नेपालमा समेत चर्चित रहेका कन्हैया कुमार जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता हुन् । उनको चुनाव प्रचारमा विभिन्न सेलिब्रिटीसमेतको सहभागिता रहेको थियो ।

सुरुवाती रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बिजेपी उम्मेद्वार तथा केन्द्रीयमन्त्री स्मृती इरानी अगाडि रहेकी छिन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५ हजारभन्दा बढी मतले अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement