कानपुरका मुख्य अभियुक्त विकास दुबे इन्काउन्टरमा मारिए

कानपुरका मुख्य अभियुक्त विकास दुबे इन्काउन्टरमा मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर प्रदेश कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् । शुक्रबार बिहान कानपुर ल्याउँदा गैंगस्टर र उत्तर प्रदेश एसटीएफबीचको भिडन्तमा मारिएको उत्तर प्रदेश प्रहरीले जनाएको छ ।

 दुबेलाई लिएर प्रहरी कानपुर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । भारतीय संचारमाध्यमहरका अनुसार जो कार पल्टिएको छ त्यो कारमा विकास दुबे रहेका थिए । घटनापछि पुलिसको पेस्ताेल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका हुन् ।

दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो। उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई मध्यप्रदेश राज्यको एउटा मन्दिरमा बिहीबार पक्राउ गरिएको थियो ।

केही भारतीय सञ्चारमाध्यमले उनी भागेर नेपाल छिरेको वा छिर्न सक्ने आशङ्का व्यक्त गरेका थिए। बुधवार प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको गोली हानाहानमा परेर मृत्यु भएको बताएको थियो। बिहीवार दुबेका अन्य दुई सहयोगी पनि भिन्न कारबाहीहरूमा मारिएका छन्।उक्त घटनापछि त्यस ठाउँनजिकैका दर्जनौँ प्रहरीको सरुवा गरिएको थियो। विकास दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा संलग्न भएका ६० वटाभन्दा बढी अभियोगहरू छन्।

दुबेलाई गिरफ्तार गर्न ३ थानाका पुलिस गत जुलाई २ तारिखमा बिकरु गाउँको दबिश गएका थिए । तर विकासको ग्याङले ८ सुरक्षाकर्मीको हत्या गरेको थियो ।  त्यसपछि निरन्तर पुलिसले खोजेको भए पनि दुबेलाई फेला पार्न सकेको थिएन ।