कान्ति बाल अस्पतालमा नर्स र कर्मचारीको भर्ना खुल्यो (सूचनासहित)

कान्ति बाल अस्पतालमा नर्स र कर्मचारीको भर्ना खुल्यो (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कान्ति बाल अस्पतालले करार सेवामा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

अस्पतालले बिहीबार एक सूचना प्रकाशित गर्दै चालु आर्थिक वर्ष २०८२–०८३ का लागि स्वीकृत अस्थायी दरबन्दीअनुसार रिक्त रहेका पदमा पदपूर्ति गर्न ४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

अस्पतालको पदपूर्ति समितिको निर्णयअनुसार आठौँ तहका २४ जना मेडिकल अधिकृत, आठौँ तहकै एक जना बायोमेडिकल इन्जिनियर र पाँचौँ तहका १७ जना स्टाफ नर्सका लागि आवेदन मागिएको छ ।

नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले रितपूर्वक दरखास्त दिन सक्नेछन् ।

छनोट हुने कर्मचारीले नेपाल सरकारको प्रचलित स्केल बमोजिमको तलब सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ । आवेदन दिन चाहने उम्मेदवारहरूले मंसिर ४ गतेदेखि म्रसिर १८ गतेसम्म कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ ।

आवेदनका लागि मेडिकल अधिकृत र बायोमेडिकल इन्जिनियर पदका लागि १ हजार २०० रुपियाँ तथा स्टाफ नर्सका लागि ७०० रुपियाँ दस्तुर तोकिएको छ । आवेदकले हिमालयन बैंकको महाराजगञ्ज शाखामा रहेको अस्पतालको खातामा रकम जम्मा गरेको सक्कल भौचर फारामसाथ पेस गर्नुपर्नेछ ।

उम्मेदवारहरूको छनोट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट गरिनेछ । निवेदकले नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी स्वप्रमाणित गरी पेस गर्नुपर्नेछ । विदेशबाट अध्ययन गरेकाहरूको हकमा भने समकक्षता निर्धारण भएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।