काठमाण्डु– पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। शुक्रबार दिउँसो परेको वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गतको गंगटेमा पहिरो खस्दा सडक ठप्प भएको हो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय ठिङ्गनबाट करिब ६ किलोमिटर पूर्व–उत्तर दिशामा पर्दछ।
स्थानीय तह र डिभिजन सडक कार्यालयसँगको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक बोगटीले जानकारी दिए ।
हाल पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास जारी रहेको जनाइएको छ।




प्रतिक्रिया