आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द

आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द

विकल्पमा यी सडक प्रयोग गर्न सकिन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आवश्यक मर्मत सम्भारका लागि हेटौँडा–काठमाण्डु जोड्ने कान्ति राजमार्ग दुई महिनासम्मका लागि बन्द रहने भएको छ ।

राजमार्ग सडक योजना ललितपुरका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेकाले सडक बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि शनिबारदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म राजमार्ग बन्द रहने छ ।

आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

‘मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो’, कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानले बताए ।

योजनाअन्तर्गत आवश्यक प्राविधिक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

यस अवधिमा लोकपथ हुँदै यात्रा गर्ने गाडी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यो सडकको विकल्पमा कुलेखानी–कलङ्की–हुमाने सडक, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली (फर्पिङ) सडक प्रयोग गर्न सकिनेछ ।