काठमाडौं – निवर्तमान शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएकी छन् । सोमबार मध्याह्न शितल निवासमा सराष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
हालै मात्र उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी हुन् ।
त्यसपछि नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सिंहदरबारस्थित मन्त्रालय पुगेर आजै कार्यभार सम्हालेकी हुन् ।




प्रतिक्रिया