कपिलवस्तुमा आठ जनाको हत्या गर्ने नसिम खान काठमाडौंबाट पक्राउ

कपिलवस्तुमा आठ जनाको हत्या गर्ने नसिम खान काठमाडौंबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कपिलवस्तुमा आठ जनाको विभत्स हत्या गरि फरार रहंदै आएका नसिम खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेकाे छ ।

२०७४ फागुन ३ मा अपहरण पछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले बताए।

नसीम बिरूद्व २०६३ यता सातवटा अन्य हत्याका मुद्दा दर्ता रहेका छन्। ब्युरोका एसपी दीपक रेग्मीले नसीम पक्राउ परेको पुष्टि गरेका छन्। नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन्। उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन्।