कपिलवस्तुमा भरुवा बन्दुकसहित शव फेला

कपिलवस्तुमा भरुवा बन्दुकसहित शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु– शिवराज नगरपालिका–९ मा भरुवा बन्दुकसहित शव फेला परेको छ । सो वडाको शिवगढी नजिक बगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा बन्दुक समेत रहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान हुन नसकेको वडा प्रहरी कार्यालय सुन्दरी डाँडाका प्रहरी निरीक्षक मधु सिंहले बताए । स्थानीय सर्वसाधारणले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।