कपिलवस्तुमा एकैदिन थपिए ७७ जना कोरोना संक्रमित

कपिलवस्तुमा एकैदिन थपिए ७७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार कपिलवस्तुमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसंगै कपिलवस्तुमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्याल कपिलवस्तुका अनुसार शनिबार थपिएका नयां संक्रमितहरुमध्ये महाराजगञ्ज नगरपालिकाका १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिला छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाका अनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।
शुक्रबारमात्रै यहाँ ५२ जना संक्रमित थपिएका थिए ।