कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेन, खोप दिने तयारी

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेन, खोप दिने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखला नियन्त्रणमा नआएपछि खोप दिने तयारी थालिएको छ । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको हो । कृष्णनगर नगरपालिका–९ बाट सुरु भएको झाडापखाला शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकामा समेत फैलिएको छ ।

प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो । शिवराज अस्पताल बहादुरगञ्जमा एक हजार ३३२, वैदौली अस्पतालमा ६१ र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । अहिले पनि दैनिक १० जना भन्दा बढी उपचारत रहेको शिवराज अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म जिल्लामा ६ जनाको झाडा पखालाकै कारण मृत्युसमेत भएको छ । स्वाथ्स्य कार्यालय कपिलवस्तुले जिल्लामा खोप अभियान चलनउने भएको छ । साँढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए