कपिलवस्तु प्रशासनले फेरि कर्फ्यू लगाइयो


कपिलवस्तु – दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुंदा कपिलवस्तु प्रशासनले सोमबार सांझ ५ बजेदेखि मंगलबार विहान ६ बजेसम्मका लागि फेरि कर्फ्यू लगाएको छ ।

पूर्वमा सेमरा गाउँ, पश्चिममा झण्डीनगर, सिर्सिहवा चोक, उत्तरमा- कृष्णनगर नगरपालिका १ शिवानगरको बढया पोखरी क्षेत्र र दक्षिणमा नेपाल भारत दशगजा क्षेत्रसम्म कर्फ्यू लगाइएको हो ।

निषेधित क्षेत्रभित्र भेला हुन, आवतजावत गर्न र हुल हुज्जत जस्ता क्रियाकलाप नगरी घरमै बस्न प्रशासनले आग्रह गरेको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो ।

स्थिति सामान्य बन्दै गएपछि सोमबार साँझ ५ बजेसम्मका लागि कर्फ्यू हटाइएको थियो । तर रातको समयमा फेरि कर्फ्यू लगाइएको हो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ आइतबार मूर्ति विर्सजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement