कपिलवस्तुमा प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

कपिलवस्तुमा प्रदेशसभाका पूर्वउम्मेदवारको गोली हानी हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा अज्ञात समूहले गोली हानी प्रदेशसभा सदस्य उम्मेदवारको हत्या गरिएको छ ।  २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो। कपिलवस्तु मोतीभारी स्थित आफ्नै घर नजिकैको सडकमा शुक्रबार राति अज्ञात समूहले उनलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ । नजिकै घर भएका एक व्यक्तिसँग विवाद हुँदा राति झण्डै १० बजेतिर चौधरीमाथि गोली प्रहार भएको हो।  उनी प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका थिए।

गोली लागेर गम्भीर घाइते भएका उनलाई लुम्बिनी स्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा स्थित मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोख्रेलले जानकारी दिए। उनका अनुसार हत्या गरिएको स्थानमा गोलीका ३, ४ खोका भेटिएका छन्। केही शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पोख्रेलले जानकारी दिए।