कपिलवस्तु- कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । उनले ७९९ मतसहित अग्रता लिएका हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरिया ४१६ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता भने ३६५ मतसहित तेस्रो स्थानमा छन् । शाह यसअघि वाम गठबन्धन हुंदा समेत विजयी भएका थिए ।
लामो समय जसपामा राजनीति गरेका शाह केही वर्षअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शाह विजयी भएमा उनको यो ह्याट्रिक हुनेछ ।




प्रतिक्रिया