कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू अझै हटेन

कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू अझै हटेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार विहान ११ बजेदेखि कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू आदेश अझै हटेको छैन् ।

लक्ष्मीमाताको मूर्ति विसर्जनको क्रममा दुई समुहबीच उपन्न विवाद पछिको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्मको लागि भन्दै निषेधाज्ञा लगाएपछि निषेधाज्ञा हटाइएको सूचना जारी गरेको छैन । कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दीप शमसेर जबराले बिहीबार विहान लगाइएको निषेधाज्ञा अहिलेपनि जारी रहेको बताए ।

बिहीबार मध्यान्ह कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा लगाइएको कर्फ्यू अर्को आदेश नभएसम्मका लागि जारी रहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । शुक्रबार मध्यान्हसम्म कर्फ्यु पनि हट्न सक्ने श्रेष्ठले बताए ।

लक्ष्मीमाताको मूर्ति विसर्जन गर्न लैजाने समुह र स्थानीयकाबिचमा मूर्ति लगिएको रुटको विषयमा विवाद उत्पन्न भएको थियो ।

सामान्य विषयमा भएको विवादले उग्ररुप लिएपछि उत्पन्न परिस्थितीलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षिय सुरज पाण्डेको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बनेको थियो ।