जेठ २० गतेसम्म कपिलवस्तु सिल गरियो

जेठ २० गतेसम्म कपिलवस्तु सिल गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – कपिलवस्तु जिल्ला दोस्रोपटक सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने उच्च जोखिम रहेकाले सिल गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यले एक विज्ञप्ति जारी गर्दै जेठ २० गतेसम्म जिल्लालाई सिल गरिएको जनाएका छन् ।

प्रशासन कार्यालयमा बसेको कोरोना विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

अब हप्ताको तीन दिन सोमवार, बुधवार र शनिवार बिहान ७ देखि नौ बजेसम्ममात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्याइएको छ । जिल्लामा आवाजावत पूर्ण निषेध गरिएको छ । अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उद्योग व्यवसाय, सवारी साधनमा पूर्ण रोक लगाइएको छ ।

कपिलवस्तुमा हालसम्म ४३ जना कोरोना संक्रमति फेला परेका छन् ।